राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको बताए । उनले अहिले देशको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको र जनतामा