धनगढी : धनगढी उपमहानगरपालिका–१७ र १६ जोड्ने तथा धनगढीका विभिन्न वडाबाट प्रमुख धार्मिक एवं पर्यटकीयस्थल बेहडाबाबा मन्दिर पुग्ने सडकअन्तर्गत पर्ने शिवगङ्गा नदीमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र परेको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरले करिब आठ वर्षअघि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढाएको थियो। तर, लामो समय बितिसक्दा पनि पुल निर्माणमा प्रगति शुन्य हुँदा स्थानीय समस्यामा पर्ने गरेका छन्। पुल निर्माण नहुँदा वर्षायामपछि हरेक वर्ष धनगढी उपमहानगरपाल