कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

  • आइबार​ १८ असो २०८३ ०५:०० PM
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक नदेखाएको आरोप लगाएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको बताए।उनले कांग्रेसले राणा शासन ढालेको, कमैया मुक्ति गरेको तथा नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। तर संविधानमा अधिकार लेखिए पनि थारू समुदायले व्यवहारमा अधिकार नपाएको उनको गुनासो थि