रविको नाम लिएर रेशमले भने : जनताले मन पराएर धेरै भोट दिएको नेता जाने बाटो जेल रहेछ

  • आइबार​ १८ असो २०८३ १०:३८ AM
काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘जनताले धेरै भोट दिएको र धेरै मन पराएको नेता जाने बाटो जेल रहेछ’ भन्दै व्यंग्य गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै चौधरीले लामिछानेलाई आफूले भैरहवा र नख्खु जेलमा भेटेको स्मरण गरे