काठमाण्डु– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको राजनीतिक विरासत तत्कालीन प्रचार वा हल्लाबाट नभई लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाको आन्दोलनमा कांग्रेसले खेलेको भूमिकालाई स्मरण गरे । कांग्रेसको इतिहासमा व्यक्तिगत आकांक्षा र सुखसुविधाभन्दा माथि