काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् । महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, संगठनात्मक तथा नीतिगत दिशाबारे समेत छलफल