नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल पद व्यवस्थापन गर्ने थलोका रूपमा नभई आत्मसमीक्षा, आत्मनिर्णय र पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने बताएकी छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भूसालले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन तथा संवाद गर्ने महत्वपूर्ण थलो भएको बताइन् । उनले भनिन्, ‘यो अधिवेशन एउटा भेला