कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेता हरिशरण नेपालीको घोषणा

  • आइबार​ १८ असो २०८३ ०३:५७ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता हरिशरण नेपालीले पार्टीको १५औँ महाधिवेशनमा दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली यसअघि १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए। लामो समयदेखि नेपाल दलित संघमा सक्रिय उनी दलित संघको केन्द्रीय कोषाध्यक्षसमेत भइसकेका छन्। नेपाली कांग्रेसको राजनीतिमा  लामो समयदेखि क्रियाशील नेपालीले सामाजिक न्याययुक्त समाज निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्। काठमाडौंका स्थायी बासिन्दा नेपाली सफल व्यवसायीसमेत हुन्। उनी कांग्रेसको काठमाडौं क्षेत्र नम्बर २ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएर १५औँ महाधिवेशनमा सहभागी हुँदैछन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ।