काठमाडौं : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले कांग्रेस केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबारदेखि शुरु भएको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन विशेष गरेर युवाहरूको नेतृत्वमा प्रवेशका लागि कोशेढुंगा बन्ने अपेक्षा राखिएको छ। अर्जुनचौपारी गाउँपालिकाको नेतृत्व गरिरहेका तिवारीले आफ्नो पालिकालाई देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारको रुपमा स्थापित गरिसकेका छन्। सबैभन्दा कान्छा गाउँपालिका अध्यक्ष मध