काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष नेताहरू सहभागी भएका छन्। खुलामञ्चमा सुरू भएको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बाबुराम भट्टराई, थरुहट नेता रेशम चौधरीलगायत सहभागी छन्।