मोरङमा संस्थाहरुको हिसाबकिताब खोज्दै प्रशासन, नयाँ दर्तामा अस्थायी रोक

  • आइबार​ १८ असो २०८३ ०४:०० PM
विराटनगर  : दर्ता भएका संस्था कागजमा मात्रै सीमित छन् कि सक्रिय रूपमा काम गरिरहेका छन् ? वर्षौंदेखि नवीकरण नगर्ने संस्थाको आर्थिक तथा प्रशासनिक अवस्था कस्तो छ ? यिनै प्रश्नको जवाफ खोज्दै जिल्ला प्रशासन कार्यालय मोरङले संस्थाहरुको अभिलेख खोतल्न थालेको छ।नयाँ संस्था दर्तामा अस्थायी रूपले रोक लगाउँदै यसअघि जिल्लामा दर्ता भएका करिब ४ हजार ६ सय संस्थाको वास्तविक अवस्था पहिचान गर्न प्रशासनले दुई महिनाको समय तोकेको छ। लामो समयदेखि नवीकरण नगरेका संस्थालाई सम्पर्कमा ल्याएर विवरण अद्यावधिक गर्ने र का