काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि व्यापक प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनमा कांग्रेस पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिमा अल्झिँदा जनतासँग दूरी बढेको स्वीकार गर्दै नयाँ राजनीतिक संस्कार र कार्यशैली विकास गर्नुपर्नेमा जोड दिइएको छ। गत वर्ष भदौ २३