काठमाण्डु- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्था समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने महत्वपूर्ण थलो भएको बताएकी छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्था र आगामी दिशाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। ‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर