काठमाण्डु- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले वर्तमान राजनीतिक व्यवस्थामै समस्या रहेको निष्कर्षसहित ‘फेक शासन’को भण्डाफोर, र नयाँ संविधान निर्माणका लागि निर्णायक संघर्ष अघि बढाउने प्रस्ताव गरेका छन्। काठमाण्डुको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार बसेको आजपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको