कांग्रेस महाधिवेशनलाई विदेशी दल र नेताहरूले दिए शुभकामना

  • आइबार​ १८ असो २०८३ १०:१२ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिनेमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे छन्। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि कांग्रेस महाधिवेशनको सफलताको