काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सबुज’ले पार्टी नेतृत्वलाई खुट्टा नकमाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले विशेष महाधिवेशनमा जस्तै अहिले पनि नेतृत्वलाई आफ्नो साथ र समर्थन रहेको बताए । उनले विगतमा गरिएको अभियानलाई निरन्तरता दिन नेतृत्वले दृढताका साथ