काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएको घोषणा छन् । उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेहरूमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् । उनीहरूले ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने समेत जनाएका छन् । The post जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा appeared first on Kalika Khabar.