काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा केन्द्रीय सदस्य अब्दुल सत्तारले उमेदवारी घोषणा गरेका छन् । सत्तारले आइतबार पत्रकार सम्मेलन गर्दै १५औँ महाधिवेशनमा सहमहामन्त्रीमा उमेदवारी घोषणा गरेका हुन् । उनले मुस्लिम कलस्टरतर्फ सहमहामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष हुन् । उनी १२औँ महाधिवेशनदेखि महासमिति सदस्य थिए । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य भएका थिए । The post काँग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उमेदवारी घोषणा appeared first on Kalika Khabar.