ऊर्जा मन्त्रालयमा १० कार्यक्षेत्र थपिए, कृषि र वातावरण मन्त्रालयका पाँच कार्यक्षेत्र हटाइए

  • आइबार​ १८ असो २०८३ ०१:२१ PM
काठमाडौँ । सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) (पहिलो संशोधन) नियमावली, २०८३’ जारी गर्दै मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारीमा महत्त्वपूर्ण फेरबदल गरेको छ । नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले यो संशोधन नियमावली तयार गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पुष्कर सापकोटाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना यहीँ असोज २ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै यो नियमावली लागू भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यक्षेत्र विस्तार संशोधन नियमावली अनुसार नियमावलीको अनुसूची-२ को क्रमसङ्ख्या ४ मा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्य विभाजनमा बुँदा नम्बर ७ पछि १० वटा नयाँ बुँदा (७क