काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगेका छन् । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले गएराति अमेरिका पुगेका हुन् । वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरन तथा नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् । अमेरिका भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् । ती भेटमा नेपालका लागि आर्थिक सहयोग विस्तार, पुनर्निर्माणका लागि स्रोत ... The post पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले appeared first on Kalika Khabar.