काठमाडौं : ग्राहकहरूलाई अत्याधुनिक,सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी महा सोमबार'योजना सञ्चालन गर्ने भएको छ । डिजिटल कारोबार प्रबद्र्धन,ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ्ग कारोबारलाई बढावा दिन बैंकले 'महालक्ष्मी महा सोमबार'सञ्चालन गर्न लागेको हो।योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराजमार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्