काठमाडौं: नेपाली बजारमा आज (आइतबार) सुन -चाँदीको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो। यससँगै सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।