काठमाडौं : नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो ।नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान गर्ने उपकरण, क्यूआर कोड स्क्यान गर्ने उपकरण, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण राख्ने उपकरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना गराउने सुविधा, ऋण हिसाब गर्ने उपकरण, आफ्नो स्थान पत्ता लगाउने