काठमाडौं : सन्तानको दीर्घायु,सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ । तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ खाएर महिलाले व्रत सुरू गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ ।यसैबीच थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र,पश्चिम र