कांग्रेसमा भागबन्डा मिलाउन पदाधिकारी संख्या बढाइँदै, सह-महामन्त्री ११ जना

  • आइबार​ १८ असो २०८३ ०७:२८ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा संगठनात्मक संरचना, प्रतिनिधित्व, निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र प्रचारशैलीका हिसाबले फरक हुने भएको छ। २०८२ पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधान कार्यान्वयन गर्दै कांग्रेसले पार्टीको मूल संरचनामा युवा, महिला, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, विदेशस्थित कांग्रेसजन तथा विभिन्न क्षेत्रका विज्ञलाई समेट्ने व्यवस्था गरेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका