अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने

  • आइबार​ १८ असो २०८३ ०७:२८ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनी गएराति अमेरिका पुगेका हुन् । वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक राजदूत शरदराज आरनसहित नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय