चोलेन्द्रले चलखेल गर्ने आशंकामा दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार सारियो

  • आइबार​ १८ असो २०८३ ०७:०७ AM
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागको निर्णयअनुसार भट्टलाई शनिबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइएको हो । नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायले विभागबाट पत्र आएपछि भट्टलाई सिन्धुपाल्चोक पठाइएको पुष्टि गरेका छन् । भट्टको सरुवाको विषय पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको पछिल्लो घटनाक्रमसँग पनि जोडिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जबरासँग निकट रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएको बताइएको छ । यही विषयमा प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको छ । प्रहरी स्रोतका अनुसार भट्ट र ... The post चोलेन्द्रले चलखेल गर्ने आशंकामा दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार सारियो appeared first on Kalika Khabar.