बालिका अपहरणका आरोपितलाई गोली हानेर नियन्त्रणमा लिइयो

  • आइबार​ १८ असो २०८३ ०१:०१ PM
भैरहवा :  रुपन्देहीमा एक नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार,गत बुधबार राति घरभित्र सुतिरहेको अवस्थामा तिलोत्तमा नगरपालिकाको १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रबार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो ।घटनामा संग्लन फरार थारु फेला परेपछि प्रहरीमाथि आक्रमण गर्न खोज्दा गो