काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू खुलामञ्चतर्फ जाने क्रम तीव्र भएको छ। दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने उद्घाटन समारोहमा सहभागी हुन काठमाण्डुका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका कांग्रेसका प्रतिनिधि तथा नेता–कार्यकर्ता महाधिवेशनस्थलतर्फ लागिरहेका छन्। महाधिवेशनका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रमा प्रतिनिधिहरूको बसोबासको व्यवस्था