काठमाण्डु– अमेरिकामा रहेर नेपाली साहित्यमा सक्रिय स्रष्टा नम्रता गुरागाईंको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण गरिएको छ। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले शनिबार पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा आयोजना गरेको विशेष समारोहमा भाषाविद् तथा निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेलसहित अतिथिहरूले कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्। कृतिमाथि समालोचक डा. गीता त्रिपाठी र डा. फणीन्द्रराज निरौलाले परिचर्चा गरेका थिए। डा.