एजेन्सी– शिवसेना (यूबीटी)का नेता उद्धव ठाकरे र महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता राज ठाकरेले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै मुम्बईमा विरोध प्रदर्शन गरेका छन्। ‘विराट गर्जना मोर्चा’ नाम दिइएको प्रदर्शनमा कांग्रेस तथा शरद पवार नेतृत्वको एनसीपीका महाराष्ट्रका नेताहरू पनि सहभागी भएका थिए। मेट्रो सिनेमाबाट सुरु भएको र्याली दक्षिण मुम्बईस्थित