काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन् । महाधिवेशनको उद्घाटन समारोह नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन् । विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आफ्नो क्षेत्र र स्थानीय पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्