काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदैछ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ।कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका ल