काठमाडौं : लामो राजनीतिक इतिहास बोकेको मुलुकको दोस्रो ठूलो दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनले पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनालाई संस्थागत गर्नेछ। महाधिवेशनमा एकातिर युवा पुस्ताका नेताहरू केन्द्रीय कार्यसमितिमा प्रवेशका लागि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कोतिर कांग्रेसका लामो समय निर्णायक शक्ति केन्द्र बनेका पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनको प्रक्रियाबाट बाहिर छन्।