खुलेन खाद्यको डिपो

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
रसुवा : खाद्य सुरक्षा नभएको जिल्लाका रूपमा रहेको रसुवामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न आपूर्तिका लागि सम्झौता गरे पनि ढुवानी दिन नसक्दा अझै धुन्चेमा डिपो सञ्चालन हुन सकेको छैन।गोसाइँकुण्ड गाउँपालिका र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच १ वर्ष अघि नै आवश्यक खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी गरी डिपो सञ्चालन गर्ने सम्झौता गरे पनि सामग्री ढुवानी नहुँदा डिपो सञ्चालन हुन नसकेको हो। स्थानीय उत्पादनले नपुगेर चामल, दाल, गेडागुडी, मैदा लगायतका खाद्य वस्तु बाहिर