फ्लाईदुबईका पाइलट स्मितलाई भेटेर क्राउन प्रिन्सले भने– 'हामीलाई तपाईँप्रति गर्व छ'

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
दुबई : संयुक्त अरब इमिरेट्स (युएई) का क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले फ्लाईदुबईका भारतीय पाइलट स्मित मच्छारलाई भेट्न शनिबार अस्पताल पुगेका छन्। क्राउन प्रिन्स शेख हमदानले अस्पतालमै पुगेर पाइलट मच्छारको अदम्य साहस र कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरे।उडानका क्रममा को-पाइलटले गरेको साङ्घातिक आक्रमण विफल पार्ने क्रममा पाइलट मच्छार गम्भीर घाइते भएका थिए। घटनालगत्तै सुरुमा साउदी अरेबियामा उपचार गराइएका उनलाई थप उच्च स्तरीय उपचारका लागि युएईको राजधानी आबुधाबी ल्याइएको भारतीय दूतावासले जनाएक