काठमाडौं : नेपाली कांग्रेसले १५ औँ महाधिवेशन विगतको महाधिवेशनभन्दा फरक ढंगले गर्न लागिएको जनाएको छ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको कांग्रेसले जनाएको छ। यसपटक कांग्रेसले वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै ३५ वर्षमुनिका युवालाई समेट्ने गरी व्यवस्था गरिएको छ। केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्यलाई छुट्टै क्ल