अहिले देखिएको आर्थिक समस्या आजको आजै वा भर्खरै सिर्जना भएको होइन। यसलाई विगत ४÷५ वर्षको पृष्ठभूमिबाट हेर्नुपर्छ। कोभिड महामारीका कारण सुरुमा समस्या आयो। कोभिडपछि राष्ट्र बैंकले केही उदार व्यवस्थाहरू गर्दा आयात अत्यधिक बढ्यो र विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न गयो। त्यसपछि राष्ट्र बैंकले नियमनमा केही कडाइ गर्नुप¥यो, जसले गर्दा लगानी र आपूर्ति शृंखलामा असर पर्नुका साथै विभिन्न समस्याहरू सिर्जना भए।यसका साथै अन्तर्राष्ट्रिय जगतमा देखिएको ट्रेड वार, अमेरिका र अन्य राष्ट्रहरूबीचको द्वन्द