काठमाडौं / नेपालगन्ज :सल्यानमा बढ्दो संक्रमणहुम्ला, मुगु र डोल्पा बाहेकका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण फैलिएको छ। कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा सबैभन्दा बढी संक्रमित पाइएका छन्। अहिले कसैलाई ज्वरो आयो कि जो कोहिले स्क्रब टाइफसको शंका गर्छन्। परिवारमा तनाब बढ्छ। स्वास्थ्यकर्मीका अनुसार संक्रमितको संख्या ६ सय नाघिसकेको छ । अझै पनि दैनिक नयाँ संक्रमितहरू थपिइरहेका छन्। संक्रमण फैलिँदै गएपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सल्यान पुगेको छ। सल्या