काठमाण्डु- नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो । नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान गर्ने उपकरण, क्यूआर कोड स्क्यान गर्ने उपकरण, इन्टरनेट गति परीक्षण, महिनावारी