काठमाण्डु– नेपाल–चीनका उत्तरी सीमा नाका बाढी तथा पहिरोका कारण प्रभावित भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोली मुस्ताङ पुगेको छ। राजदूत माओमिङसहित ७ सदस्यीय चिनियाँ टोली शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको हो। टोलीमा ५ जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार