काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको आर्थिक नीतिबारे पनि बहस सुरु भएको छ । कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षालाई आर्थिक नीतिको आधार बनाउने संकेत गरेको छ । कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुसार पुनर्व्याख्या गर्ने विषयमा छलफल भइरहेको छ । त्यसलाई सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्दै