१२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारणलाइनका दुई मल्टिसर्किट टावरको प्रगति विवरण लिएका छन् ।