गगनलाई चुनौती दिँदै किशोरसिंह भन्छन्-मलाई सभापति छाडिदिँदा न्याय हुन्छ

  • आइबार​ १८ असो २०८३ ०३:३६ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापालाई चुनौती दिँदै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने आफ्नो अडान दोहोर्‍याएका छन्। राठौरले गगन थापा त्रिचन्द्र क्याम्पसमा आफू स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदा सदस्य रहेको स्मरण गर्दै यसपटक गगनले नैतिक रूपमा आफूलाई सभापति पद छाडिदिँदा न्याय हुने तर्क गरेका छन्। ‘त्रिचन्द्र क्याम्पस पढ्दा म स्ववियु सभापति थिएँ।