काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको १५औँ महाधिवेशनमा उपस्थित नहुने भएका छन्। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा सहभागी हुन शनिबार निमन्त्रणा गरेको थियो। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए। पार्टी सभापति गगन कुमार थापाले पठाएको