वीरगञ्ज–२६ मा कांग्रेसको वडा भेला सम्पन्न, रामबाबु प्रसाद कुर्मी सभापतिमा निर्वाचित

  • आइबार​ १८ असो २०८३ ०३:०९ AM
वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका–२६ मा आयोजित वडा भेला सम्पन्न भएको छ। भेलाले रामबाबु प्रसाद कुर्मीलाई वडा सभापतिमा निर्वाचित गरेको छ। भेलाबाट वडा कार्यसमितिसमेत गठन गरिएको छ। कार्यक्रममा सहभागी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा १७ सदस्यीय वडा समिति चयन गरिएको जनाइएको छ। त्यसैगरी, १५औँ महाधिवेशनका लागि वडा तहबाट प्रतिनिधित्व गर्ने २१ जना क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको छ। वडा तहको संगठनलाई थप व्यवस्थित बनाउने तथा आगामी महाधिवेशनका लागि आवश्यक सांगठनिक प्रक्रिया अघि बढाउने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ। भेलाबाट निर्वाचित वडा सभापति रामबाबु प्रसाद कुर्मीले पार्टीको ... The post वीरगञ्ज–२६ मा कांग्रेसको वडा भेला सम्पन्न, रामबाबु प्रसाद कुर्मी सभापतिमा निर्वाचित appeared first on Kalika Khabar.