काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । आफ्नो उम्मेदवारीबारे उनले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा