काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुन लागेको महाधिवेशनलाई कांग्रेसले आफ्नो संगठनात्मक पुनर्संरचना, नेतृत्व चयन र आगामी राजनीतिक दिशानिर्धारणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ । आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह हुनेछ