काठमाडौँ। नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोल्याण्डको सभापतिमा भीम परियार निर्विरोध निर्वाचित भएका छन्। समितिको ऐतिहासिक तेस्रो अधिवेशने परियारलाई दोश्रो कार्यकालका लागि सर्वसम्मत सभापति चुनेको हो। ३५ वर्षीय परियार कांग्रेसका प्रवासी संगठनहरूमा सम्भवत: सबैभन्दा कान्छा सभापति हुन्। प्रवासमा राजनीतिभन्दा बढी सामाजिक सेवामा समर्पित जनसम्पर्क समितिले अफ्ठ्यारोमा परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। यसअघि रुस र युक्रेनबीच द्वन्द्व चलिरहेका बेला जनसम्पर्क समितिले युक्रेनबाट पोल्याण्डको सीमा पुगेका नेपालीलाई उद्धार समेत गरेको थियो। नवनिर्वाचित सभापति परियारले आफूहरूले प्रवासमा रहेर पनि निरन्तर नेपाली भूमि र नेपाललाई माया गर्दै आएको बताए। 'हामी यहाँ राजनीतिभन्दा पनि नेपाली समुदायमाझ सामाजिक सेवा भावले काम गर्दै आएका छौँ। नेपाली कांग्रेसको आदर्शलाई शिरमा राखेर हामीले सामाजिक कार्य गरिरहेका छौँ,' उनले भने,'आगामी दिनमा अझै धेरै नेपालीहरूलाई जोड्ने हाम्रो लक्ष्य छ।' नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेको आतिथ्यतामा भएको अधिवेशनले परियारको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो। समितिको उपसभापतिमा सुरेन्द्र आचार्य, चिनबहादुर गुरुङ र कमल सापकोटा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा दिपेन्द्र खतिवडा र राजेश कुँवर निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिल सिग्देल तथा सह–कोषाध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्। खुला सदस्यतर्फ राजन श्रेष्ठ, नरबहादुर ऐडी र सुजन केसी निर्वाचित भए। महिला संयोजकमा सुजता सुवेदी तथा खेलकुद संयोजकमा रोशन गुरुङ निर्विरोध निर्वाचित भए। अधिवेशनमा एनआरएनए पोल्याण्डकी अध्यक्ष रिता तिवारी न्यौपाने पनि सहभागी थिइन्। केन्द्रीय पर्यवेक्षक धुर्वराज पौडेल तथा केन्द्रीय निर्वाचन प्रतिनिधि डा