काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पूर्णकुमार तुम्बापोले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आदिवासी जनजाति ‘क्लस्टर’बाट उम्मेदवारी घोषणा गरेका हुन् । शनिबार काठमाडौंको सिनामंगलमा पत्रकार सम्मेलन गर्दै नेता तुम्बापोले उम्मेदवारी घोषणासँगै छ बुँदे एजेण्डा पनि सार्वजनिक गरे । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन, समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, सहमति, सहकार्य र एकता, नयाँ सोच र जिम्मेवार नेतृत्व तथा समृद्ध र सम्मुनत नेपाल निर्माण उनका एजेण्डा हुन् । उनी ३० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । २०५३ सालमा मेची बहुमुखी क्याम्पस झापाबाट नेविसंघको राजनीति थालेका उनी नेविसंघमा केन्द्रीय सदस्यसम्म भए । त्यसपछि उनी पार्टीको राजनीतिमा क्रियाशील भए । उनी कांग्रेसको पाँचथर जिल्ला सदस्य हुँदै पार्टीको कोशी प्रदेश समिति सदस्य पनि भए । यसअघि पार्टीको महासमिति सदस्य बनेका उनी यसपटक महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । गणितमा एम